बैशाख १०, २०८२ बुधबार

११ केजी चाँदीसहित काँकरभिट्टाबाट दुई पक्राउ

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ११ केजी ९०० ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो । बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]