Banner news

जुवाखालबाट प्रधानाध्यापक पक्राउ

जुवाखालबाट प्रधानाध्यापक पक्राउ


झापा । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

File picture

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयले दिएको जानकारीको आधारमा उनीहरुलाई विहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले रु. ९१ हजार ३८० र सातवटा मोवायल बरामद गरेको छ ।

पक्राउ गरिएका आठ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान गरिरहेको र उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही हुने प्रवक्ता श्रेष्ठको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares