बैशाख १७, २०८२ बुधबार

प्रधानमन्त्री ओली र प्रचण्ड दुई दिनका लागि झापा आउने

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई दिनका लागि झापा आउने भएका छन् ।

सुखानी शहिद स्मृति दिवसको अवसर पारेर दुवै अध्यक्ष झापा आउने नेकपा झापाका युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ झापा आउने निश्चित भएको ढुङगेलले बताए ।

फागुन २० गते हुने १ नं. प्रदेस स्तरीय प्रशिक्षण र २१ गते बिर्तामोडमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न नेताहरु झापा आउने भएका हुन् । प्रशिक्षण बिर्तामोडको साई प्यालेस र आमसभा सुगम पेट्रोल पम्प नजिकैको खुला मैदानमा हुने नेकपा झापाले जनाएको छ । आमसभामा झापाका ३२ हजार पार्टी सदस्यलाई निमन्त्रण गरिएको ढुङगेलले जानकारी दिएका छन् । उनका अनुसार १९ गते प्रदेशको पार्टीको बैठक पनि बिर्तामोडस्थित पार्टी कार्यालयमा तयारी गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]