Banner news

पछिल्ला १० दिनमा ३७ नयाँ देशमा कोरोनाभाइरस फैलियो

पछिल्ला १० दिनमा ३७ नयाँ देशमा कोरोनाभाइरस फैलियो


एजेन्सी । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।

चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो सङ्ख्या ८८ हजार ४४३ पुगेको छ । चिनियाँ अधिकारीहरुका अनुसार ४४ हजार ४६२ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो हप्ता युरोप र मध्यपूर्वमा यस रोगको संक्रमण फैलिएको छ । इरानमा पहिलोपटक फेब्रुअरी १९ मा यस रोगको संक्रमण देखिएकोमा फेब्रुअरी २२ मा पहिलो संक्रमितले ज्यान गुमाएका थिए । फेब्रुअरी २१ यता ३७ नयाँ देशमा यस रोगको संक्रमण देखिएका छन् । जसमा लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, एस्टोनिया, रोमानिया, उत्तरी मेसोडेनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिल, अल्जेरिया, स्वीटजरल्याण्ड, क्रोएसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जमबर्ग, आइसल्याण्ड, मोनाको, नाइजेरिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, उत्तरी आयरल्याण्ड, बेलारुस, लिथुयानिया, कतार, आयरल्याण्ड, अर्मेनिया, चेक रिपब्लिक, डोमिनिकन रिपब्लिक र सान मारिनो रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares