Banner news

प्रधानमन्त्रीको आज ९ बजे मिर्गाैला प्रत्यारोपण गरिंदै

प्रधानमन्त्रीको आज ९ बजे मिर्गाैला प्रत्यारोपण गरिंदै

k|wfgdGqL lgjf; lkmtf{ sf7df8f}F, !( dª\l;/M k|wfgdGqL s]kL zdf{ cf]nL Pk]lG8;fOl6;sf] zNolqmofkl5 k”0f{ :jf:Yonfe u/]/ lqe’jg ljZjljBfno, lrlsT;fzf:q cWoog ;+:yfg dgdf]xg sfl8{of] yf]/fl;s ef:s’n/ tyf 6«fG;KnfG6 ;]G6/af6 laxLaf/ afn’jf6f/l:yt cfˆgf] ;/sf/L lgjf; kms{b} . k|wfgdGqLsf] :jf:Yoaf/] pkl:yt ;~rf/sdL{n] lh1f;f /fv]sf lyP . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दान गर्नेछिन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares