Banner news

हिँडडुल गर्न थाले प्रधानमन्त्री

हिँडडुल गर्न थाले प्रधानमन्त्री

k|wfgdGqL lgjf; lkmtf{ sf7df8f}F, !( dª\l;/M k|wfgdGqL s]kL zdf{ cf]nL Pk]lG8;fOl6;sf] zNolqmofkl5 k”0f{ :jf:Yonfe u/]/ lqe’jg ljZjljBfno, lrlsT;fzf:q cWoog ;+:yfg dgdf]xg sfl8{of] yf]/fl;s ef:s’n/ tyf 6«fG;KnfG6 ;]G6/af6 laxLaf/ afn’jf6f/l:yt cfˆgf] ;/sf/L lgjf; kms{b} . k|wfgdGqLsf] :jf:Yoaf/] pkl:yt ;~rf/sdL{n] lh1f;f /fv]sf lyP . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताए ।

प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको पनि अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको डा. खड्गाले बताए ।

शेयर गर्नुहोस :

0
Shares