Banner news

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ 

फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना पोजिटिभ 

Blood sample with coronavirus positive

काठमाडौँ – फ्रान्सबाट कतार हुँदै आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।

उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।’बिरामी महिला हुनुहुन्छ। अहिले उहाँको परिचय यति मात्र दिउँ,’ मन्त्री ढकालले भने, ‘ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ।’
उनको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए। युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन्।

शेयर गर्नुहोस :

0
Shares