Banner news

लकडाउन अवधिभर झापाका अखबार बन्द

लकडाउन अवधिभर झापाका अखबार बन्द


बिर्तामोड । झापाका दैनिक पत्रिका लकडाउन अवधिभर बन्द गरिएको छ । वितरणसगै अखबार प्रकाशनका लागि आवश्यक सामग्री अभाव भएपछि प्रकाशक, सम्पादकको छलफलले सरकारले गरेको लकडाउन अवधिबन्द गर्ने सहमति भएको छ ।

अत्यावश्यक सेवा बाहेक बन्द भएको अवस्थामा प्रीन्ट मिडियामा समेत सतर्कता अपनाउन अखबार बन्द गरिएको इजलास दैनिकका सम्पादक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार साप्ताहिक अखबार समेत बन्द हुने भएको छ ।

इजलास दैनिक अखबार बन्द गरिए पनि यसको अनलाइन संस्करण www.ijalas.com बाट आम नागरिकलाई सूचना प्रवाह गरिने संचालक सदस्य सुशील दाहालले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares