Banner news

इटलीमा एकैदिन ९१९ को मृत्यु

इटलीमा एकैदिन ९१९ को मृत्यु

अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो


एजेन्सी । कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।

उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ । अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् ।

शेयर गर्नुहोस :

0
Shares