Banner news

एयर अरबियाबाट झापा आएका ९ यात्री सुरक्षित

एयर अरबियाबाट झापा आएका ९ यात्री सुरक्षित


पर्वत पोर्तेल

काँकडभिट्टा । तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार झापाका सबै यात्रीको पहिचान भइसकेको छ ।

यसअघि अर्को संक्रमित सवार कतार एयरको क्यू ६५२ विमानमा ७ जना झापाका थिए । उनीहरुको समेत पहिचान भइसकेको छ । प्रहरी उपरीक्षक कोइरालाका अनुसार दुवै विमानमा आएका झापाका यात्रीको पहिचान भइसकेको छ ।

जसमध्ये ३ जना मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचाररत छन् । केही स्थानीय तहका क्वारेन्टाइनमा छन् भने केही होम क्वारेन्टाइनमा छन् । ‘अहिलेसम्म सबै यात्री सुरक्षित नै देखिएका छन्’, उनले भने ।

शेयर गर्नुहोस :

0
Shares