Banner news

ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्ध, ५ करोड धरौटी पनि जफत

ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्ध, ५ करोड धरौटी पनि जफत


काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।

उनकाअनुसार यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए ।

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए । विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares