Banner news

अबको दुई साता नेपालका लागि संकट : प्रधानमन्त्री

अबको दुई साता नेपालका लागि संकट : प्रधानमन्त्री

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

उनले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे । अबको दुई साता नेपालका लागि संकटको घडी भएको बताएका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।

शेयर गर्नुहोस :

0
Shares