संक्रमितको उपचार गर्नेको ज्यान गए ५० लाख दिने
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाउनेको परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा पदाधिकारीको ज्यान गए ५० लाख प्रदान गर्ने निर्णय गरेको हो ।
उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूतिका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।