बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित मुक्तिचोकमा लकडाउन सेल तयार गरेको छ ।

लकडाउनको समयमा मान्छेको चहलपहल बढ्न सक्ने भन्दै सेल तयार गरेको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
आज बिहानबाट निर्माण गरेको सेल तयार भइसकेको छ, डीएसपी रिजालले भने – लकडाउन उल्लंघन गर्नेलाई २ घण्टा उभ्याइने छ । साँझको समयमा बिर्तामोड क्षेत्रमा मानवीय चहलपहल बढेपछि बिर्तामोड प्रहरीले यस्तो योजना अघि सारेको हो ।
डिएसपी रिजालका अनुसार २ घण्टा ‘जस्तो आएको छ, त्यस्तै उभ्याइन्छ ’ । त्यसका लागि आवश्यक सामग्री प्रहरीले तयार गरेका छन् ।







प्रतिक्रिया