Banner news

मोदीसँग फोन संवाद गर्दै ओलीले भने ‘दुवै देशमा रोकिएका आफ्ना नागरिकको राम्रो हेरचाह गरौं’

मोदीसँग फोन संवाद गर्दै ओलीले भने ‘दुवै देशमा रोकिएका आफ्ना नागरिकको राम्रो हेरचाह गरौं’


बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज टेलिफोन संवाद गरेका छन् ।

टेलिफोन संवाद गर्दै उनले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको जानकारी दिए । उनले भारतीय समकक्षी मोदीसँगको संवादबारे ट्वीट गरेका छन् ।
लकडाउनको कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आआफ्नो देशमा राम्रो हेरचाह गर्ने संवादका क्रममा जोड दिइएको छ । यस्तै, प्रधानमन्त्री मोदीसँग आपूर्ति व्यवस्थालाई कायम राख्न र थप सहज सूचारु गर्न प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । ओलीले भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि धन्यवाद समेत दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares