जेष्ठ ६, २०८२ सोमबार

झापाको १३ बुँदे निर्णय : सिचाईका लागि डिजेल उपलब्ध गराउने देखि विधार्थीलाई घर फर्काउनेसम्म

बिर्तामोड । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले १३ बुँदे निर्णय गरेको छ । बिर्तामोडमा शुक्रवार सम्पन्न बैठकले डेरामा बस्ने बिधार्थीलाई घरसम्म जाने व्यवस्था मिलाउने देखि थप क्वारेन्टाइनको व्यवस्था गर्नेसम्मको निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेकोे उक्त बैठकले श्रमजीवि वर्गलाई राहत वितरणमा एक रुपता ल्याउन मापदण्ड तय गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, टोल विकास समितिहरुलाई परिचालन गरि सामाजिक दुरी समेतको पालना गरि श्रमजीवी बर्गलाई राहत वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

राहत वितरण गर्ने परिवारको पहिचान गर्न सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र वडा स्तरमा संयन्त्र निर्माण गर्ने र बितरणमा सुरक्षा निकायसँग समन्वय गर्ने, मल आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाउन साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीलाई गर्ने र सामाजिक दुरी कायम गर्ने गरि सुरक्षा र स्थानीय तहसँग समन्वय गरेर बितरणको व्यवस्था मिलाउने, आवश्यकता अनुसारको ईन्धनको आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई आग्रह गर्ने र किसानहरुलाई सिचाईका लागि डिजेल उपलब्ध गराउने व्यवस्था मिलाउने, खाद्य उधोगहरु नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि तत्काल सञ्चालनको व्यवस्था मिलाउने र चिया बगानको समन्धमा यस अघि जिल्ला प्रशासनमा बसेको बैठकको निर्णय बमोजिम गर्ने निर्णय भएको छ ।

विभिन्न जिल्लाबाट झापामा आई बसोबास गरेका विद्यार्थीहरुलाई गृह जिल्लाको सदरमुकामसम्म पठाउने व्यवस्था मिलाउने, सूचना प्रवाहलाई आधिकारिक रुपमा मात्रै प्रकाशन तथा प्रसारण गरिदिन संचारकर्मीहरुलाई अनुरोध गर्ने, स्थानीय तहले गरेको राहत वितरण, अत्यावश्यक उधोगहरुको संचालन र क्वारेन्टाइनको अवस्थाको अनुगमन तत्काल गर्ने, विकास निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट र रड जस्ता निर्माण सामाग्री ढुवानीको प्रबंन्ध मिलाउने, जिल्लाका नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी, नेपाली सेना र रक्तसञ्चार केन्द, जिल्ला स्तरको एम्बुलेन्सको चालकका लागि ५०÷५० हजार बराबरको पिपिई उपलब्ध गराउने निर्णय भएको पोर्तेलले जानकारी दिए ।

सिमा क्षेत्रमा लकडाउनको अवस्थाको निगरानीका लागि नागरिक निगरानी संयन्त्र बनाई नेपाल प्रहरी र शसस्त्र पहरीको समन्वयमा परिचालन गर्ने, प्रदेश सरकारको निणर्य अनुसार सिमाना जोडिएका ६ वटा पालिकामा १÷१ वटा २ सय जना अटाउने क्वारेन्टाइनको स्थल जिल्ला सुरक्षा समितिले पहिचान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]