Banner news

तत्काल लकडाउन फुकुवा नगर्न डब्लूएचओको सूझाव

तत्काल लकडाउन फुकुवा नगर्न डब्लूएचओको सूझाव


झापा । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका लकडाउनसहितका उपाय चाँडै अन्त्य गर्दा ज्यान गुमाउनेको संख्या तिब्रगतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उहाँको भनाइ छ ।

डब्लूएचओले विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको पनि जानकारी दिनुभयो । तर त्यसका लागि हतारो भने नगरिने उहाँले बताउनुभएको छ ।

विश्वका २ सय १० देश र दुई वटा पानी जहाजमा कोरोना फैलिँदा ज्यान गुमाउनेको संख्या १ लाख नाघिसेकेको छ । अहिलेसम्म झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । इटाली र अमेरिकामा मात्रै १६ हजार भन्दा धेरै मानिसको ज्यान गैसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares