Banner news

नयाँ वर्षको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा : प्रधानमन्त्री ओली

नयाँ वर्षको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा : प्रधानमन्त्री ओली

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको बताएका छन् ।

पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’

प्रधानमन्त्री ओलीले भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।’

शेयर गर्नुहोस :

0
Shares