मस्जिदबाट नियन्त्रणमा लिई १२ जनालाई क्वारेन्टाइनमा राखियो
इटहरी । जनता क्याम्पस इटहरीमा इटहरी उपमहानगरले निर्माण गरेको क्वारेण्टाइनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जनालाई पठाएको छ ।
सुनसरी वर्जुको मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गर्न पठाएका ११ जना भारतीय र १ जना नेपालीलाई जनता स्कुलको क्वारेण्टाइनमा राखिएको हो । उनीहरु सवैको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको इटहरी अस्पताल इमरजेन्सि इन्चार्ज राम कुमार धमलाले बताउनुभयो ।
यसैबिच इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरी सुनसरीले वासिङ्गमेसिन प्रदान गरेको छ । लायन्स क्लब इटहरीका अध्यक्ष दिब्यराज कोइरालाले ७० हजार मुल्य बराबरको लुगा धुने मेसिन उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
लायन्स क्लवको यो सहयोग क्वारेण्टाइनका लागि महत्वपूर्ण रहेको उपमेयर गौतमले वताउनुभयो । क्वारेण्टाइन पछि सो वासिङ्गमेसिन इटहरी अस्पतालमा प्रयोगमा ल्याइने इटहरी अस्पताल इमरजेन्सि इन्र्चाज राम कुमार धमलाले बताउनुभयो । जनता क्यामपस इटहरीमा उपमहानगरले सय वेडको सुविधासम्पन्न क्वारेण्टाइन निर्माण गरेको छ । क्वारेण्टाइनमा वाइफाई,टेलिभिजन,सिसी क्यामेरा समेत जडान गरिएको छ ।