Banner news

नाकामा चिया पसल गर्नेलाई कोरोना संक्रमण

नाकामा चिया पसल गर्नेलाई कोरोना संक्रमण


धनगढी । कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares