Banner news

भारतमा वैशाख २१ गतेसम्म लकडाउन

भारतमा वैशाख २१ गतेसम्म लकडाउन


नयाँ दिल्ली :  भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । २१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो ।

मंगलबार देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते० सकिँदै छ ।

केही दिन यता भारतमा भारतमा कारोना भाइरस संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । मंगलबार बिहानसम्म संक्रमितको संख्या भारतमा १० हजार ४ सय ५३ पुगेको छ । सोमबार एकै दिन भारतमा १२ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमणबाट अहिलेसम्म भारतमा ३ सय ५८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म ११ सय ८१ जना संक्रमित उपचारपछि निको भएका छन्।

शेयर गर्नुहोस :

0
Shares