मुख्य समाचार

आज हावाहुरी, असिना र चट्याङसहित वर्षा हुने

आज हावाहुरी, असिना र चट्याङसहित वर्षा हुने


झापा। स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका धेरै ठाउँमा हावाहुरी, असिना र चट्याङसहित वर्षा हुने मौसमविदले बताएका छन् ।

बिहीबार बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख गरिएको छ ।

यसैगरी, राति देशभर आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । हावाहुरी, असिना र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सबैलाई होशियार रहेर बस्न मौसमविदले सचेत गराएका छन् ।

शेयर गर्नुहोस :

0
Shares