Banner news

हिजो भेटिएका १२ संक्रमितको विराटनगरमा उपचार थालियो

हिजो भेटिएका १२ संक्रमितको विराटनगरमा उपचार थालियो

(200410) — HARARE, April 10, 2020 (Xinhua) — A doctor works in a ward at Wilkins Hospital in Harare, Zimbabwe, April 9, 2020. Wilkins Hospital, which was upgraded on March 30, is Zimbabwe’s main COVID-19 isolation and treatment center. (Photo by Shaun Jusa/Xinhua)

झापा । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् ।

संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares