मुख्य समाचार

पार्टी एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छ : प्रधानमन्त्री ओली

पार्टी एकता थप सुदृढ र अन्तिम निष्कर्षमा पुग्छ : प्रधानमन्त्री ओली

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता थप सुदृढ हुने र अन्तिम निष्कर्षमा पुग्ने विश्वास लिएको बताएका छन् ।

नेपाल कम्‍युनिस्ट पार्टी स्थापना भएको ७१ वर्ष पुगेको अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले लेनिन जयन्ति तथा पार्टी स्थापना दिवसले दुई वर्षदेखि जारी पार्टी एकता प्रक्रिया अन्तिम निष्कर्षमा पुऱ्याउन प्रेरणा दिने बताएका हुन्।

नेकपालाई यहाँसम्म ल्याउनमा पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमी स्मरणयोग्य रहेको बताउादै अध्यक्ष ओलीले नेकपाले निरन्तर जनतालाई जागृत र संगठित बनाउादै आएको उल्लेख गरेका छन्। सात दशकको अवधिका लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भए पनि लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुगेको ओलीले बताए।

नेकपाले पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउादै एकता, पुनर्गठन र सुदृढ एकताको ‘महान अभियान’लाई अघि बढाएको पनि ओलीले दाबी गरेका छन्। कम्‍युनिस्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको पनि प्रधानमन्त्री ओलीले दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले पार्टी एकता अन्तिम निष्कर्षमा पुग्‍ने विश्‍वास गरेको बताए पनि नेकपाभित्रको आन्तरिक किचलो भने उत्कर्षमा पुगेको छ । दुई दिनअघि राष्ट्रपति विद्यादेवी भण्‍डारीले जारी गरेका दुई विवादास्पद अध्यादेशका कारण नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएको हो ।

आजकै दिन अप्रिल २२ ९वैशाख १० गते०, ७१ वर्ष पहिले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। अप्रिल २२, तत्कालीन सोभियत संघको कम्‍युनिस्ट पार्टीका संस्थापक भ्लादिमिर इल्यिच लेनिनको जन्मिएको दिन पनि हो। लेनिकको जन्मदिन पारेर नेपाल कम्‍युनिस्ट पार्टीको स्थापना भएको थियो।

शेयर गर्नुहोस :

0
Shares