Banner news

प्रधानमन्त्रीले माघमा पाएका थिए दुरदर्शी नेताको अवार्ड

प्रधानमन्त्रीले माघमा पाएका थिए दुरदर्शी नेताको अवार्ड


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै अवार्ड दिएको समाचार आइतबार भाइरल भयो ।

सांसद, नेता, पत्रकार, संवैधानिक आयोगका प्रमुखहरुले पनि समाचार शेयर गरे । पार्टीमा प्रधानमन्त्रीलाई अप्ठ्यारो परेकाबेला आएको फेक समाचारले धेरैले आत्मराहत महसुस गरे ।
फेसबुक शेयर गरेकै भरमा धेरै अनलाइनहरुले समाचार पनि प्रकाशन गरे । तर, प्रधानमन्त्रीले अवार्ड पाएको चाँही अहिलेको होइन, २०७६ माघ २४ गतेको हो ।

काठमाडौँको याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई यो अवार्ड दिइसकिएको छ। त्यतिबेला पनि अवार्डको बारेमा हल्लाखल्ला भएका थिए ।

शेयर गर्नुहोस :

0
Shares