बिर्तामोड

घरबाटै दलित युवाको हत्याको विरोध

घरबाटै दलित युवाको हत्याको विरोध


बिर्तामोड । झापा युवा सरोकार समाजले पश्चिम रुकुममा भएको हत्याको घटनामा विरोध जनाएको छ । गणतन्त्र दिवसकै दिन हत्याको घटनामा विरोध जनाउदै सरकारलाई निष्पक्ष अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारवाही माग गरेको छ ।

सरोकार समाजले आ–आफ्नो ठाउँबाट विरोध गरेको तस्वीर संकलन गरेको छ । सरोकार समाजका प्रशान्त गिरीले जातीय भेदभाव विरुद्ध युवाहरुलाई एकजुट हुन आग्रह समेत गरिएको बताए । सरोकार समाजमा आवद्ध युवाहरुले विभिन्न विरोधका नारा लेखेर घटनाप्रति निन्दा गरेका छन् ।

शेयर गर्नुहोस :

54
Shares