Banner news

सेना परिचालन गर्ने सरकारको निर्णय

सेना परिचालन गर्ने सरकारको निर्णय


काठमाडौँ । मन्त्रीपरिषद् बैठकले नेपाली सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको हो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।

सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । ती स्थान र संक्रमण बढेको क्षेत्रमा सेना परिचालित हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares