असार २५, २०८२ बुधबार

दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, मृतक सङ्ख्या आठ

काठमाडौँ, जेठ १८ गते । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु काेराेना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयाे ।

बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]