बिर्तामोड । झापाको गौरीगञ्जमा पहिलो पटक कोरोना संक्रमण फेला परेको छ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप झापामा थप ४ जनामा पुष्टि भएको थियो । चारै जना गौरीगञ्ज गाउँपालिकाको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर आज १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही १० रहेका छन् ।
त्यसैगरी, तनहुँ १, स्याङ्जा २, पर्सा ५, कालिकोट १८, दैलख १८, सल्यान २५ रहेका छन् । थप संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका छन् ।
उहाँका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् । थप एकजना निको भएर घर जानुभएकाले कुल निको हुनेको संख्या २२० पुगेको छ । गौरीगञ्जसँगै झापामा जम्मा संक्रमितको संख्या १११ पुगेको छ । जिल्लाको ६ वटा पालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।







प्रतिक्रिया