श्रावण १, २०८२ बुधबार

लकडाउन झनै कडा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए ।

“हामीले गरेको लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “लकडाउन अझै कडा गरौँ ।” उनले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।

“सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू,” प्रधानमन्त्रीको निर्देशन थियो । सरकारले आह्वान गरेको लकडाउन ४१ दिन पूरा भइसकेको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]