Banner news

आज साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

आज साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् ।

गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसबाट जीवन गुमाएका तथा रोल्पा बम विस्फोटमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, उनले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares