मुख्य समाचार

विश्वमा एकै दिन थपिए ८५ हजार नयाँ कोरोना संक्रमित, ५३ सय बढीको मृत्यु

विश्वमा एकै दिन थपिए ८५ हजार नयाँ कोरोना संक्रमित, ५३ सय बढीको मृत्यु

Patients affected by the COVID-19 coronavirus are treated at a field hospital set up at a sports gym, in Santo Andre, Sao Paulo state, Brazil, on May 11, 2020. (Photo by Miguel SCHINCARIOL / AFP)

काठमाडौं । केहि दिनदेखि केहि ओरालो लागेको विश्वमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्न थालेको छ ।

विश्वमा कोरोना केहि नियन्त्रणमा आएको तथ्याङ्कले खुशी तुल्याइरहेका बेला फेरि मृत्तकको संख्या बढेपछि विश्वलाई फेरि निरास बनाएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ३१३ जनाले ज्यान गुमाएका छन् ।

यसबीचमा विश्वभर ८५ हजार २११ जना नयाँ सक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । आज (बुधबार) बिहानसम्ममा कोरोना संक्रमणबाट हालसम्म विश्वभर दुई लाख ९२ हजार ४४४ मानिसको ज्यान गएको छ । संक्रमितको संख्या ४३ लाख ३७ हजार पाँच सय एक पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार ६२३ जनाले कारोना संक्रमणबाट ज्यान गुमाएका छन् । सोमबार अमेरिकामा मृत्यु र संक्रमण दर केही घटेको देखिए पनि मंगलबार फेरि बढेको छ । मंगलबार अमेरिकामा २२ हजार ६ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सोमबार अमेरिकामा यसको संक्रमणबाट ९९९ जनाको मात्रै मृत्यु भएको थियो ।
अमेरिकामा अहिलेसम्म मृतकको संख्या ८३ हजार ४१८ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ८ हजारभन्दा धेरै पुगेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ७७९ जनाले ज्यान गुमाएका छन् । बेलायतमा गएको २४ घण्टामा संक्रमणबाट ६२७ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या ३२ हजार ६९२ र संक्रमितको संख्या २ लाख २६ हजारभन्दा धेरै पुगेका छ ।

गएको २४ घण्टामा फ्रान्समा ३४८ जना, स्पेनमा १७६, रुसमा १०७, इटालीमा १७२, क्यानाडामा १७६, मेक्सिकोमा १०८, इक्वेडरमा १८२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

रुसमा हिजो एकै दिन झण्डै ११ हजार नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ब्राजिलमा ८ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२१ जनाको मृत्यु भएको छ । त्यहाँ हिजो एकै दिन ३५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघेको छ भने संक्रमितको संख्या ७४ हजार नाघेको छ ।

शेयर गर्नुहोस :

0
Shares