Banner news

थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या २१८ पुग्यो

थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या २१८ पुग्यो


काठमाडौं । थप एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ। नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।

शेयर गर्नुहोस :

0
Shares