Banner news

थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५०

थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५०


बिर्तामोड । थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीमा ४५ वर्षिय पुरुष, जनकपुरका ४० वर्षीय पुरुष र २० वर्षीया किशोरी, महोत्तरीका २६ र ३५ वर्षीय पुरुषमा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares