Banner news

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिउँसो ४:३० बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीलाई आमन्त्रण गरिएको जानकारी दिएका छन्।

भारतले लिपुलेक पनि समेटेर नयाँ नक्सा जारी गरेपछि गत कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए।

शेयर गर्नुहोस :

0
Shares