मुख्य समाचार

कोरोनाले लियो ३ लाख बढिको ज्यान

कोरोनाले लियो ३ लाख बढिको ज्यान


काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ३ लाख नाघेका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार ३ लाख ३ हजार ३ सय ४१ पुगेको छ । संक्रमितको संख्या ४५ लाख २४ हजार ४ सय ७४ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ६ सय ४८ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । स्पेनमा २७ हजार ३ सय २१, बेलायतमा ३३ हजार ६ सय १४, इटलीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २५ र ब्राजिलमा १३ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ ।

शेयर गर्नुहोस :

0
Shares