Banner news

नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा

sf7df8f}F, @ h]7M/fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t’tsf /fi6«klt ljBfb]jL e08f/L z’qmaf/ ;+;bsf] ;+o’Qm a}7sdf ;/sf/sf] cfj @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t’t ub}{ . t:jL/M /Tg >]i7÷ /f;;

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट बीओपी स्थापना गर्ने समेत उनले बताइन् । सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

शेयर गर्नुहोस :

0
Shares