असार २६, २०८२ बिहीबार

प्रदेश १ वर्षे अधिवेशन जेठ १४ गतेबाट

विराटनगर । प्रदेश एकको वर्षे अधिवेशन आगामी जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार बसेको उक्त प्रदेशको मन्त्रिपरिषद बैठकले वर्षे अधिवेशन जेठ १४ गते २ बजे बस्नेगरी निर्णय गरेको हो ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एव कानुनमन्त्री हिक्मत कार्कीले बैठकबारे जानकारी दिएका हुन् । त्यस्तै कोरोना जनसुरक्षा कोष सम्बन्धि कार्यविधि संशोधन लगायत अन्य आठवटा निर्णय पनि सोमबारको मन्त्रिपरिषद बैठकले गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]