Banner news

झापाको कमल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २३ सय पुग्यो

झापाको कमल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २३ सय पुग्यो


बिर्तामोड । झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ ।

त्यसमध्ये झापाको कमल गाउँपालिका १ र बुद्धशान्ति गाउँपालिकामा १ जनासहित जम्मा २०१ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप १ जनाको मृत्यू भएको छ । ९ जना कोरोना संक्रमितको मृत्यू भएको बताइएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या जम्मा २३ सय पुगेको छ । आज संक्रमित हुनेमा १७९ पुरुष र २२ जना महिला रहेका छन् भने २७८ जनाको डिस्चार्ज भएको छ ।

शेयर गर्नुहोस :

0
Shares