श्रावण ४, २०८२ शनिबार

पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला

खलङ्गा । गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले शव घटनास्थल देखि करिब २० किलोमिटर तल जिल्लाको भेरी नगरपालिका १३ खोदाखोला नजिक भेरी नदीमा फेला परेकोे बताउनु भयो ।
लोकेन्द्रको शव नदीको बीच भागमा आधा डुबेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । यो सँगै मृतकको संख्या ६ पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक, सन्जीव विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला पारी पोष्टमार्टम पश्चात परिवारले दाहसंस्कार समेत गरिसकेका छन् ।

पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको रुकुम प्रहरीले जनाएको छ भने दुई जना अझंै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार  ५ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]