Banner news

बन्दाबन्दीमा महिलामाथि ६१ प्रतिशत हिंसा घरभित्रै

बन्दाबन्दीमा महिलामाथि ६१ प्रतिशत हिंसा घरभित्रै


ललितपुर । नेपालमा बन्दाबन्दी शुरु भए यता ६ सय २४ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । हिंसाका घटनाहरू मध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात ३ सय ७९ जना महिलामाथि आफ्नै श्रीमान र परिवारका सदस्यबाट हिंसा भएको तथ्यांकले देखाएको छ ।

ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाका अनुसार बन्दाबन्दी शुरु भएपछि ओरेकले देशका ५१ जिल्लामा गरेको अभिलेखिकरण र पत्रपत्रिकामा आएका हिंसाका घटना अनुसार ६ सय २४ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको पाएको छ ।

अभिलेखिकरण भएका घरेलु हिंसाका घटना मध्ये २ सय २९ वटा शारीरिक हिंसा र ८३ वटा मानसिक हिंसाका घटना छन् । जसमा महिलाहरूलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाउने, गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने तथा चारित्रिक आरोप लगाई दैनिक रुपमा शारीरिक तथा मानसिक यातना दिइएको छ ।

यसैगरी ६७ जना महिलाहरूलाई खान लाउन नदिइ घर निकाला गरी वेवास्ता गरिएको ९५४०, विवाहदर्ता, बच्चाको जन्मदर्ता, नागरिकता नबनाइदिएको ९१० जनालाई , स्वास्थ्य सुविधावाट बञ्चित गर्ने ९३ जनालाई जस्ता आवश्यक स्रोत सुविधाबाट बञ्चित गरिएको छ । घरेलु हिंसाका घटनामा २ सय ८६ जना श्रीमान् र ८३ जना परिवारका सदस्य संलग्न रहेको पाइएको छ ।

त्यस्तैगरी ६१ वटा सामाजिक हिंसा, ८२ वटा बलात्कार, १९ वटा बलात्कारको प्रयास, २३ वटा यौन दुव्र्यवहार, १२ वटा हत्या, २ वटा हत्यावाआत्महत्या अनुसन्धानको क्रममा रहेको, २७ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र ११ वटा साइवर अपराधसँग सम्बन्धीत छन् ।

हिंसा प्रभावितहरूको उमेर समूहलाई हेर्दा सबैभन्दा बढी १ सय ८९ जना १७ देखि २५ वर्ष उमेर समूहका महिलामाथि हिंसा भएको छ ।

यस्तै २६ देखि ३५ वर्ष उमेर समूहका १ सय ७६ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ८६ जना, ४६ वर्षभन्दा माथिका उमेर समूहका ७२ जना महिलाहरू विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ वर्षभन्दा कम उमेरका ९१ ज्ना बालिकाहरू हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका १० जना हिंसाबाट प्रभावित भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares