Banner news

नेपालमा कोरोना विरुद्ध कुनै औषधि र खोप बनेको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना विरुद्ध कुनै औषधि र खोप बनेको छैन : स्वास्थ्य मन्त्रालय


बिर्तामोड । नेपालमा कोरोना विरुद्ध कुनैपनि औषधि र खोप पत्ता नलागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कुनै पनि औषधि र खोप पत्ता नलागेकोले भ्रममा नपर्न नागरिकलाई जानकारी दिए ।

केहि दिनदेखि नेपालका कोरोना विरुद्ध औषधि बनेको भन्ने हल्ला चलिरहेपछि स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । प्रवक्ता गौतमले हल्लाको पछि लागेर कोरोना विरुद्ध औषधि र खोप प्रयोग नगर्न सूझाव दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares