Banner news

इलामको सूर्योदयमा पहिलो संक्रमण पुष्टि

इलामको सूर्योदयमा पहिलो संक्रमण पुष्टि


बिर्तामोड । प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का युवामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालय इलामका अनुसार २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनको उपचारका लागि गोठगाउँ पठाइएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares