कनकाई

कनकाईका तीन पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

कनकाईका तीन पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि


सिएम शर्मा

कनकाई । कनकाई नगरपालिकामा पहिलो पटक तीन जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

जेठ २३ गते कनकाई नगरले स्थापना गरेको कनकाई क्याम्पस र चम्फापुरको क्वारेन्टिनमा रहेका जम्मा ५३ जनाको स्वाब संकलन गरि कोशी अस्पताल विराटनगरमा परिक्षणका लागि पठाइएको थियो ।

आज आएको रिपोर्टमा कनकाई क्याम्पसको क्वारेन्टिनका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगर स्वास्थ प्रमुख ब्रजेश महतले जानकारी दिए । संक्रमितहरु १६ , १७ र ३५ बर्षका पुरुष रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares