असार २५, २०८२ बुधबार

बिर्तामोडमा लिफ्ट मागेर डेढ लाख लुट्ने दुई युवा पक्राउ

बिर्तामोड । बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ गरेको हो ।

गत जेठ २८ गते अर्जुनधारा –४ का अनुप भनिने आइत सुब्बालाई लिफ्ट मागेर साइकलमा घर जाने भन्दै सँगै गएका व्यक्तिले १ लाख ५० हजार लुटेका थिए । सुब्बा ग्लोवल बैंकबाट पैसा झिकेर घर जाँदै गर्दा उनीसँग लिफ्ट मागिएको थियो । लिफ्ट मागेपछि सहयोग गरेका आइतले पैसाको ब्याग उनैलाई बोक्न दिएका थिए । बिर्तामोडका डिएसपी मुकुन्द रिजालले सुब्बालाई अभियुक्तहरुले केहि दिन देखि निगरानी नै गरिरहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

बिच बाटोमा पुगेपछि साइकल रोक्न लगाई चिसो खाने बहानामा पीडितकै मोवाइल मागेर साथी बोलाई मोटरसाइकलमा पैसा लिएर भागेको प्रहरीको भनाई छ ।

सुब्बाको उजुरीको आधारमा प्रहरीले चेम्जोङलाई बिर्तामोड–६ बुट्टाबारीबाट मोटरसाइकलसहित र बुढाथोकीलाई बिर्तामोड –१० तेलपानीबाट नगदसहित पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान पल्सर , ९० हजार नगद, दुई थान मोवाइल र एउटा सिम बरामद गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]