Banner news

कौडाखालबाट कनकाईका सात जना पक्राउ

कौडाखालबाट कनकाईका सात जना पक्राउ


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले कनकाई–३ स्थित टप्पु टोलमा कौडा खालबाट ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चेतन कुमार प्रसाईको घरबाट पक्राउ गरिएको बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

सांकेतिक तस्वीर

शनिवार विशेष सूचनाको आधारमा प्रहरीले जुवाखालमा रेड हानेको थियो । सोहि क्रममा कनकाई–३ का ५३ वर्षीय को विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकास चापागाई, ३८ वर्षीय मान बहादुर श्रेष्ठ, ३५ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७१ हजार १० रुपैयाँ नगद, १६ थान कौडा, पाउडर र गलैचा बरामद गरेको इप्रका अनारमनीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares