असार २५, २०८२ बुधबार

गौरीगञ्जका १ जनासहित थप ४२५ जनाका कोभिड–१९ पुष्टि, कुल संक्रमितको संख्या ५७६० पुग्यो

बिर्तामोड । नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापा गौरीगञ्ज गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम जानकारी दिए । उनका अनुसार नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

यसअघि भद्रपुरमा ४, मेचीनगर २, कनकाई ३, अर्जुनधारा २, दमक १, गौरादह ४, शिवसताक्षी १, बुद्धशान्ति ५, हल्दिवारी २,कचनकवल १२६, कमल १, गौरीगञ्ज १५, बाह्रदशी ७ र झापा गापामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । शनिवारसम्ममा झापाको १५ पालिकाका ६ हजार ४ सय ६६ जनाको कोरोना परीक्षण भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म झापाका १४ पालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । क्वारेन्टाइनमा बसेको आधारमा बुद्धशान्ति बसेका बिर्तामोडका एक व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । उनी उपचार पछि फर्किसकेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]