Banner news

झापाका ५ सहित थप ३१६ जनामा कोरोना पुष्टि

झापाका ५ सहित थप ३१६ जनामा कोरोना पुष्टि


बिर्तामोड । नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १३५६४ पुगेको छ ।

आज संक्रमितमध्ये झापाका ५ जना रहेका छन् । कनकाई नगरपालिकाको २ महिला र २ पुरुष, मेचीनगरका १ पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ७ पुगे छ ।

शेयर गर्नुहोस :

0
Shares