बिर्तामोड

थप २९३ जनामा कोरोना पुष्टि, देशभर ९२ सय व्यक्ति आइसुलेशनमा

थप २९३ जनामा कोरोना पुष्टि, देशभर ९२ सय व्यक्ति आइसुलेशनमा


बिर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमितमध्ये २ जना झापाका रहेका छन् । हालसम्म ६ हजार ५ सय ४७ जनाको उपचार भइसकेको छ । उनीहरु घर फर्किसकेका छन् । मन्त्रालयका अनुसार ९ हजार २ सय ३ जना आइसुलेशनमा छन् भने ३१ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रदेश १ मा संक्रमितको संख्या ६ सय ९४ पुगेको छ भने ४ सय ८९ जना उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

शेयर गर्नुहोस :

0
Shares