आर्थिक

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो


बिर्तामोड । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares